‘आमा’ बोलको मार्मिक म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

मनिषा थापा

पिएनपिखबर : निशा देसारको आवाज रहेको ‘आमा’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा केशव राज राजभण्डारीको शब्द, संदेश श्रेष्टको संगीत रहेको छ भने गीतको संयोजन सुरेन्द्र श्रेष्टले गरेका हुन्।

आमाको संघर्षको कथा व्यथालाई चित्रण गरिएको यस गीतलाई निर्देशन अहिलेका चर्चित युवा निर्देशक रायन कारकिले गरेका छन्।

भिडियोमा रश्मी भट्ट, संज्ञा श्रेष्ठ, उपेन्द्र कार्की, सम्राट खड्का, रजिना कार्की, सुजिना कार्की र लाक्पा देखिएका छन्। मिलन शंकरको छायांकन रहेको गीतलाई विष्णु खड्काले सम्पादन गरेका हुन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया