आयुष्मान र प्रियंकाको ‘थोरै माया म दिउँला’ सार्वजनिक [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, ६ माघ : बिबाहको तयारीमा रहेका जोडी नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्की अभिनित नयाँ गीत ‘थोरै माया म दिउँला……’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा दिपक राज पाण्डे र गायिका मेलिना राईको सुमधुर आवाज रहेको छ भने गीतमा शक्ति छेत्रीको एकल शब्द रचनामा संगीतकार राजन राज सिवाकोटीको संगीत रहेको छ र यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।

\

सिनेमाटोग्राफर नवराज उप्रेतीले खिचेको अनि सुरेन्द्र बसेल र सुबोल थापाको कोरियोग्राफी रहेको यस गीतको म्युजिक भिडियोमा प्रियंका र आयुष्मानको जोडी निकै आकर्षण देखिएको छ। संचारकर्मी तथा चलचित्र ‘सुश्री सम्पति’का डेब्यु निर्देशक र म्युजिक भिडियो निर्देशनमा अब्बल निर्देशक सुब्रतराज आचार्यले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोलाइ नबिन निरौलाले सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया