आर्थिक अभावका कारण मृर्गौला प्रत्यारोपण गर्न पाएनन् श्यामले (भिडियो)

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : स्थाई घर सप्त्तरी जिल्ला भई हाल सुर्यविनायक बस्दै आएका श्याम लाल श्रेष्ठको दुवै मृगौला फेल भएको छ। उनी विगत ४ वर्ष देखि मानव अंग प्रत्यारोपण केन्द्रमा आफ्नो डायलिसीस गराउँदै आइरहेका छन्।

उनी रोजगारीको सिलसिलामा विदेश होम्मिएका थिए। शुरुमा साउदी अरब गएका उनी दोस्रोपटक कत्तार गएका थिए। काम गरेको १२ महिना पछि अचानक उनी विरामी परे। शरीर सुन्निने र हातखुट्टा लगलग काम्ने र खान पनि रुची नहुन थालेपछि अस्पतालमा गई जचाएर औषधी सेवन गरे तर निको भएन। त्यसपछि उनी स्वदेश फर्किए। उनी विराटनगरमा जाचँ गराउँदा मृगौला ड्यामेज भएको पत्ता लाग्यो। त्यसपछि उनी मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराईरहेका छन्। उनको हप्तामा ३ पटक डायलिसीस गर्नुपर्छ।

उनको परिवारमा आमाबुबा श्रीमती र ५ वर्षीय छोरा छन्। उनका बाबुआमा गाउँ मै बस्छन भने उपचारकै लागि उनी आफ्नो श्रीमती र छोरा साहित् सुर्यविनायक बस्दै आएका हुन्। उनका बाबुले मृगौला दिन तयार थिए तर मृगौलाको आकार सानो भएको कारण प्रत्यारोपण हुन् सकेन। उनको श्रीमतीले पनि आफ्नो मृगौला दिन तयार भईन तर रगत नमिल्ने कारण प्रत्यारोपण हुन् सकेन।

उनको कमाएको सम्पति सबै उपचारमै सकिएको छ भने अब उपचारको लागि कसरी रकम जुटाउने भन्ने चिन्ताले सताएको छ। उनको दैनिकी झन् माथि झन् कष्टकर बन्दै गएको छ । पैसाको अभावले मरिने हो कि भन्ने चिन्ताले रात दिन उनलाई पछ्याईरहेको छ । उपचारको त परको कुरा कोठाको भाडा तिर्ने पैसा पनि छैन उनीसँग। उनलाई केहि सहयोग पनि आईरहेको छ तर त्यतिले पर्याप्त छैन।

श्यामको यस्तो अवस्थाले उनकी श्रीमतीलाई निकै पिरोलेको छ। उनले भक्कानिदै श्रीमानलाई उपचारमा सहयोग गरी बचाईदिन अनुरोध गरिन। उनले भनिन्, ‘मेरो छोरालाई बुबाको साथ चाहिन्छ। मेरो श्रीमान बचाईदिनुस।’ ”सबै सकियो अब पैसा आउने कुनै ठाउँ छैन त्यसैले म देशविदेशमा रहन हुने दाजुभाई तथा दिदिबहिनीलाई सकेको आर्थिक सहयोग गरी बचाईदिन हुन् अनुरोध गर्दछु।”, श्यामले विन्ती गर्दै भने।

तपाईहरुको सानो सहयोगले धनबहादुरको जीवन बचाउन सकिन्छ। त्यसैले उनको उपचारको लागि सक्दो सहयोग गरिदिनु हुन हामी पिएनपिखबर परिवार विनम्र अनुरोध गर्दछौ। साथै सहयोग गर्न चाहनुहुने महानुभावहरुले श्यामको राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नं.- १२३७००२६३४७१० अथवा मोबाइल नम्बर ९८२४७३११३३, ९८४०८५५९३८ सम्पर्क गर्न सक्नु हुनेछ। यसको साथै उनलाई सहयोग गर्न चाहानेले हाम्रो अफिसियल फेसबुक पेज पिएनपिखबरडटकममा पनि म्यासेज गर्नसक्नुहुनेछ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू