आलमको बयान सकियो, आजदेखि थुनछेक बहस हुँदै

मनिषा थापा

रौतहट :  रौतहटको राजपुर बमकाण्डका अभियुक्त अफताव आलमको बयान सकेर जाहेरवाला पक्षबाट थुनछेक बहस शुरु भएको छ ।  जिल्ला अदाललत रौतहटमा तीन दिनदेखि जारी बयान बिहीबार सकिएको हो । आजै थुनछेक बहस हुनेछ ।

२०६४ साल चैत २७ गते एक दर्जनभन्दा बढीलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको आरोपमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ ।

आलममाथि लगाइएका तीन मुद्दा मध्ये कर्तव्य ज्यान मुद्दा सम्बन्धी बयान मात्र बुधबार सकिएको थियो । आलमलाई आज ज्यान मार्ने उद्योग र बम विस्फोटन सम्बन्धी कसुरका बारेमा प्रश्न सोधिएको छ ।

अघिल्लो संबिधान सभाको निर्वाचनमा बम बिष्पोट गरेको आरोपमा पक्राउ परेका नेपाली काग्रेसका नेता तथा पूर्वमन्त्री आलम सहित १० जनालाई जन्म कैद मुद्दा दर्ता भएको हो ।

प्रतिक्रिया