आशुसेन लामाको नयाँ गीतको भिडियोमा भिमफेदी गाइज र एलिशा राईको बबाल डान्स [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, १८ वैशाख : “नानीको कहाँ पर्यो घर, नाम के हो के पर्यो है थरे” गीतको सफलता पश्चात गायक आशुसेन लामाको नयाँ गीत सार्वजनिक भएको छ । गायक लामाकै शब्द संगीतमा “ओके छ त नी” बोलको गीत सार्वजनिक गरिएको हो।

चर्चित डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राईको रमाइलो एवम् आकर्षक डान्सले भिडियो आकर्षक बनेको छ। भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको भिडियोमा सम्पादन तथा क्यामेरा पवन शुस्लिङको रहेको छ ।

हामीले यो गीतमा एउटा सुन्दर भिडियो बनाउने प्रयास र मिहेनत गरेका छौँ । आशा छ यस अघि झै तपाइहरुको माया पाउनेछौँ। गीतको बारेमा बोल्दै भिमफेदी गाइजले “ओके छ त”लाई मन राउनेमा विश्वस्त रहेको बताएका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया