इटालीको प्रस्तावित बजेट घाटालाई घटाउन सरकार तयार

admin

मिलान, इटाली, १० मङ्सिर: इटालीका उपप्रधानमन्त्री लुइजी डी माइओले प्रस्तावित बजेट घाटालाई कम गर्न सरकार तत्पर एवम् खुला रहेको बताउनुभएको छ । उक्त निर्णयले ब्रसेल्ससँगको आर्थिक गतिरोधलाई निकास दिने विश्वासले इटालीको स्टक बजारलाई प्रोत्साहन गरेको छ ।

ब्रसेल्समा मुख्यालय रहेको यूरोपेली आयोगले सरकारद्वारा प्रस्तावित घाटा बजेटले खर्च र घाटालाई कडा रूपमा बढाउने जनाएको छ । वर्तमान सरकारको कुल ग्राहस्थ उत्पादनमा पूर्ववत सरकारको पालामा रहेको ०.८ प्रतिशतबाट २.४ प्रतिशत पु¥याउने घोषणाले इटालीको यस पहिलेदेखि रहँदै आएको ऋणको बोझमा थप बोझ थोपर्ने आयोगको भनाइ रहेको छ ।

यदि वार्ता प्रक्रियामा बजेट घाटालाई व्यापक नभएपनि केही हदसम्म कम गर्न सकिएमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ, दि माइओले इटालीको रेडियो ¥याडिकलसँगको कुराकानीमा बताउनुभयो । महत्वपूर्ण कुरा के हो भने बजेटबारे प्रस्तावित उपायले एक जनालाई पनि छोड्ने छैन, पेन्सन सुधार तथा सवैखालका आधारभूत आम्दानीबारे सत्ताधारी गठबन्धनले निर्वाचनका समय जनाएको प्रतिवद्धताका सन्दर्भमा उहाँले भन्नुभयो । यसमा समस्या भनेको सङ्ख्या होइन तर जनता हो, संस्थापन इतर पक्ष फाइभ स्टार मुभमेन्ट प्रमुख डि माइओले थप्नुभयो ।

इटालीको दक्षिणपन्थी दलहरूको गठबन्धनमा रहेका नेताहरू प्रधानमन्त्री जिउसेप्पी कोन्टे, वित्त मन्त्री जिओभानी ट्रिआ, डि माइओ र अर्का उपप्रधानमन्त्री माट्टेओ साभिनीले सोमबार साँझ बजेटका सम्बन्धमा छलफलसमेत गरेका छन् । डी माइओको बजेटसम्बन्धी प्रतिक्रियाले मिलानको स्टक बजारलाई ह्वात्तै बढाएर सोमबार विहान १० बजेभित्रै ३.०७ प्रतिशत अङ्कको वृद्धि भएको छ । इटालीमा १० बर्षको अवधिको सरकारी ऋणको परिमाण र जर्मनीको सोही अवधिको सरकारी ऋणको तुलना गर्दा २८३ अङ्कको भिन्नता देखिन्छ, जुन शुक्रबार ३०७ अङ्कमा रहेको थियो ।
-रासस÷एएफपी

प्रतिक्रिया