इण्डोनेशियामा शक्तिशाली भुकम्प

मनिषा थापा

पिएनपिखबर : पूर्वी इन्डोनेशियाको सुदुर मुलुकद्वीपमा (हिजो) आइतबार ७.३ रेक्टरको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूवैज्ञानिक सर्वेक्षणको अनुसार, भुकम्प उत्तरी मलुकु प्रान्तको टर्नेट शहरदेखि करिब १६५ किलोमीटरपर पर्ने दक्षिण-दक्षिण पश्चिममा स्थानीय समयानुसार बेलुकी ६ : २८ बजे गएको हो। अमेरिकी भूगर्भ केन्द्रका अनुसार जनधनको क्षतिको विवरण आउन बाँकी छ।

गत वर्ष पनि त्यसपछि सुलावेसी द्वीपमा ७.५ रेक्टरको भूकम्प गएको थियो। त्यसपछि सुनामी आउँदा २२०० भन्दा ज्यादा मानिसहरुले ज्यान गुमाएका थिए भने हजारौ बेपत्ता भएका थिए। तर यस वर्ष सुनामीको चेतावनीको चेतावनी दिइएको छैन।

प्रतिक्रिया