इतिहासकै उच्च बिन्दूमा सुनको भाउ

शर्मिला गुरुङ

काठमाडौं, १९ साउन  : आज साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनको भाउ इतिहासकै उच्च बिन्दूमा पुगेको छ। आज सुनको भाउ साथै चाँदीको भाउ पनि बढेको छ।

गत शुक्रबार प्रतितोला ८ सय रुपैयाँ भढेर ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५ सय रुपैयाँ बढेर ६६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै शुक्रबार प्रतितोला ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ५ सय रुपैयाँले बढेर ६६ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने ५ रुपैयाँले मात्र बढेको छ। आज चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया