इन्डोनेसियाका झण्डै दुई लाखलाई तत्काल सहयोगको आवश्यकता

admin

जाकार्ता, १५ असोज: इन्डोनेसियामा आएको भूकम्प र त्यसपछिको सुनामीबाट प्रभावित मध्ये एक लाख ९१ हजार जनालाई तत्काल सहयोगको आवश्यकता रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघले उनीहरूलाई अत्यावश्यक मानवीय सहायता तत्काल आवश्यक परेको अनुमान गरेको हो ।

इन्डोनेसियाको सुलावेसी क्षेत्रमा आएको भूकम्प र सुनामीका कारण त्यो भन्दा बढी प्रभावित भएको राष्ट्रसंघले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रसंघीय अधिकारीहरूले मानवीय सहायताका लागि विश्वभरबाट समन्वयकारी कामहरू भइरहेको बताएका छन् ।

प्रभावित मध्ये ४६ हजार जना बालबालिका रहेका छन् भने अरु १४ हजार जना वृद्धवृद्धा रहेका छन् । उनीहरूले इन्डोनेसियाका ग्रामिण क्षेत्रमा पनि उद्धार तथा राहतका लागि सरकारलाई सहयोग गर्न पनि आह्वान गरेका छन् ।
-रासस÷एएफपी

प्रतिक्रिया