इन्डोनेसियामा ‘जोको’ राष्ट्रपति भएपछि प्रतिद्वन्द्वी पक्षको प्रदर्शन, ६ जनाको मृत्यु

रिता घिसिंग

इन्डोनेसिया : इन्डोनेसियाका राजधानी जाकार्तामा राष्ट्रपतिको निर्वाचनको परिणाम बाहिएलगत्तै शुरु भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रर्दशनकारीबीचमा भएको झडपमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै २ सय भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

स्थानीय समयाअनुसार बुधबार बिहान ९ बजेसम्म ६ व्यक्तिको मृत्यु हुनुको साथै करिब २ सय भन्दा बढी घाइते भएका मध्य जाकार्तामा रहेको एक अस्पताल स्रोतले जानकारी दिएको छ । गए रातिबाट शुरु भएको यो झडप ५ घण्टासम्म जारी रहेको थियो ।

विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडो मङ्गलबार पुनः राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । जाकार्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासित रुपमा निर्वाचन परिणाम घोषणा भएपछि राष्ट्रपति विडोडोको निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोका समर्थकहरुले निर्वाचनमा धाँधली भएको दाबी गर्न थालेका थिए ।

सत्तासिन राष्ट्रपति विडोडोले ५५.५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी हुनुभएको त्यहाँको निर्वाचन ्आयोगले जनाएपछि उहाँको विरोधमा प्रर्दशनकारीहरुले प्रर्दशन शुरु गरेका थिए । निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचन आयोगले मतगणना गरिसकेपछि स्थानीय समयानुसार मङ्गलबार बिहान १ः४६ मा विडोडोलाई पुनः राष्ट्रपतिमा विजय भएको घोषणा गरेको थियो ।

इण्डोनेसियाका ३४ वटा प्रान्तका १३० शहरमा मतगणना गरिएको आयोगले जनाएको छ । सन् २०१४ मा पनि विडोडोले ५३.१५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुबिआन्तोले ४६.८६ प्रतिशत प्राप्त गर्नुभएको थियो ।

निर्वाचनको परिणाम बाहिरीएपछि प्राबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मान्नुभएको थिएन । उहाँले पाँच वटा प्रान्तमा निर्वाचन फेरि गराउनुपर्ने अडान लिनुभएको छ । यी प्रान्तमा धाँधली भएको प्राबोवोको दाबी छ ।रासस

प्रतिक्रिया