इमरान हाशमीका छोराले जिते क्यान्सरसँगको युद्ध, हर्षित हुँदै इमरानले लेखे यस्तो पोष्ट !

मनिषा थापा

पिएनपिखबर : इमरान हाशमीको लागि आजको दिन खुशीले भरिएको छ। उनको नौ वर्षीय छोरा क्यान्सरजस्तो भयानक रोगबाट मुक्त भएका छन्। ५ वर्षसम्म डायग्नोसिसमा रहे पछि डाक्टरले उनी पुरै स्वस्थ भएको बताए। अयान यानी उनको छोरा र उनको एकसाथ बसेको तस्बिर इंस्टाग्राममार्फत राख्दै शो जानकारी दिएका हुन्।

फोटोको साथमा इमरानले क्याप्सनमा लेखे – ‘५ वर्षसम्म डायग्नोसिस गरेपछि आज आयन क्यान्सरमुक्त घोषित भएका छन्। तपाई सबैको प्रथाना र मायाको लागि धन्यबाद । क्यान्सरबाट लडिरहेका सबै व्यक्तिहरुलाई मेरो माया र शुभकामना छ। आशा र विश्वास बनाई राख्नुहोस, तपाई जित्नसक्नु हुनेछ।’

अयानको जन्म २०१० मा भएको थियो। अयान इमरान र उनकी पत्नी परवीन शाहनीको पहिलो सन्तान हुन्। साल २०१४मा जब अयान चार बर्षमा प्रवेश गरे तब उनलाई क्यान्सर भयो। अयानको पहिलो चरणको क्यान्सर थियो। त्यसबखत इमरान निकै शक्ड थिए ।

त्यसपछि इमारानले क्यान्सरको बारेमा मानिसलाई जागरुक गर्न तथा आफ्नो कथा बाड्ने उद्दश्यले ‘द किस अफ लाइफ : हाउ अ सुपरहीरो एण्ड माय सन डिफेक्टेड क्यान्सर’ नामक एक किताब लेखे । जसमा उनले अयानको जन्म, क्यान्सर र यससम्बन्धि उपचारको बारेमा जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू