इरानसँग वार्ताको प्रस्ताव गरेको भनी अमेरिका झूटो बोलेको रौहानीका भनाई

राष्ट्रिय समाचार समिति

तेहरान, इरान, १० असार:अमेरिकाले इरानलाई वार्ताका लागि प्रस्ताव गरेको भन्ने कुरा झुटो हो भन्ने उसले इरान र इरानी कूटनीतिज्ञविरूद्ध घोषणा गरेको नयाँ प्रतिवन्धबाट पुष्टि भएको इरानका राष्ट्रपति हसन रौहानीले मङ्गलबार बताउनुभएको छ । राष्ट्रपति रौहानीले टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको इरानीमन्त्रीहरूसँग भन्नुभयो, “वार्ताका लागि आह्वान गरेको दावी गरिरहँदा अमेरिकाले इरानमाथि र यहाँका विदेशमन्त्रीमाथि थप प्रतिबन्धको घोषणा गरेको छ । यो प्रष्ट छ कि वासिङ्टन वार्ता प्रस्ताव गरिएको भनेर झुटो बोलिरहेको छ ।”

अमेरिकी सुरक्षा सल्लाहाकार जोन बोल्टनले वासिङ्टनले इरानसँग वार्ताका लागि ढोका खुल्ला राखेको भन्ने भनाईप्रति लक्षित गर्दै रौहानीको यो प्रतिक्रिया आएको हो । बोल्टनले अमेरिकी आग्रहलाई इरानले नसुनेको दावी पनि गर्नुभएको थियो । इरानी राष्ट्रपति रौहानीले प्रश्न गर्नुभयो, “इरानी सर्वोच्च नेता आयोतोल्ला खामेनीलाई कालो सूचीमा राख्ने इरानमाथि प्रतिबन्ध गर्ने अनि कसरी वार्ताको लागि ढोका खुला हुन्छ सबै सामु यो बिषय प्रष्ट हुनु जरूरी छ ।”

”सियाको प्रार्थनागृह होसैनिया सर्वोच्च नेताको घर हो जुन सामान्य छ । हाम्रा देशका नेताहरूसँग अन्य देशका नेतासँगजस्तो विदेशमा अर्बौको सम्पत्ति छैन । यसलाई रोकियोस्, जफत गरियोस् वा प्रतिबन्ध लगाइयोस् यसबाट इरानलाई कुनै फरक पर्दैन ।” उहाँले थप्नुभयो, “विदेशमन्त्रीविरूद्धको प्रतिवन्ध के का लागि हो ? उहाँलाई अमेरिका भ्रमणमा रोक लगाउन होइन ? यो राम्रो हाम्रो लागि राम्रो कुरा हो ।” अमेरिकाले सोमबारदेखि लगु हुनेगरी इरानमाथि थप प्रतिबन्ध लगाएको छ । उसले इरानमाथि हतियार निर्माण र भण्डारण गर्न नदिन प्रतिबन्ध लगाइनुपर्ने र दवाव सिर्जना गर्नुपर्ने बताउँदै आएको छ । रासस÷एएफपी

प्रतिक्रिया