उकालो लाग्यो सुनको भाउ

पूजा बानियाँ

काठमाडौं : आज आईतबार सुनको मूल्य उकालो लागेको छ। सुन शुक्रबारको तुलनामा तोलामा २ सय रुपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि छापावाल सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तैगरी आज तेजावी सुनको मुल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया