उकालो लाग्यो सुनचाँदीको मूल्य

शर्मिला गुरुङ

काठमाडौं, ७ फागुन  : आज साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मुल्य उकालो लागेको छ । हिजो सोमबार स्थिर रहेको सुनको मुल्य आज दुई सयले बढेको छ।

हिजो सोमबार प्रतितोला ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज चाँदीको मुल्या पनि उकालो लागेको छ । हिजो प्रतितोला ७७५मा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले बढेर ७८० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया