उजेलीको आफ्नै कथामा बन्यो पहिलो म्युजिक भिडियो

admin

सन् १९९२ मा युनिसेफले बालविवाहको विरूद्धमा चेतना फैलाउन र कम उमेरमै विवाह गर्दा महिलाको जीवनमा पर्ने दुष्परिणामको बारेमा जानकारी दिन ‘उजेली’ निर्माण गरेको थियो । विभिन्न अवार्ड प्राप्त गरेको यो टेलिचलचित्र संसारभरका २० वटाभन्दा धेरै टेलिभिजन च्यानलहरूबाट प्रसारण भएको थियो । केहि समय अगाडी देखि नै भाइरल भएपछी उजेली निकै खोजि भयो ।

नेपाल अझै पनि बालविवाह उच्च भएका एसियाली देशहरूमध्ये शीर्ष स्थानमा पर्दछ । महिला र पुरूष दुबैका लागि विवाह गर्ने कानूनी उमेर २० वर्ष भएपनि २० देखि २४ वर्षका महिलाहरूमध्ये एक तिहाइभन्दा धेरैले आफ्नो विवाह १८ वर्षभन्दा कम उमेरमा र १० मध्ये एक महिलाले विवाह १५ वर्षको उमेर नपुग्दै भएको बताउँछन् ।

उनि लामो समयपछी मिडियामा आएपछी दर्शकले उनलाई सारै मन पराए । त्यस्तै २८ वर्षा पछी उजेलीको आफ्नै कथामा बन्यो पहिलो म्युजिक भिडियो। भिडियोमा शब्द, सगीत र यरेन्ज दीपक शर्माको छ भने आवाज बिन्दु परियारको रहेको छ । यस भिडियोलाई राज खड्काले निर्देशन गरेका हुन् ।
हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया