उपप्रधानमन्त्री पोखरेल अमेरिका प्रस्थान

admin

काठमाडौँ, १२ चैत : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षासम्बन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि कार्यरत नेपाली सेना र प्रहरीले पु¥याइरहेको योगदानलाई अन्तर्राष्ट्रिय जगतमा उजागर गर्दै शान्ति स्थापना कार्यलाई आगामी दिनमा थप प्रभावकारी र परिणाममुखी बनाउन आफ्नो तर्फबाट पु¥याउन सक्ने योगदानबारे नेपाल सरकारको धारणा प्रस्तुत गर्न उहाँ त्यसतर्फ जानुभएको हो । 

उपप्रधानमन्त्री पोखरेलले यही चैत १५ गते राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुने सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । हाल विश्वका विभिन्न ११ देशका १२ वटा मिसनमा नेपाली सैनिकहरु शान्ति स्थापनार्थ कार्यरत छन् । भ्रमणका क्रममा उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, उपमहासचिव अतुल खरे, संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना विभागका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स तथा वरिष्ठ अमेरिकी रक्षा अधिकारीहरुसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । अमेरिकामा रहेका आप्रवासी नेपाली समुदाय, उद्यमी व्यवसायी तथा लगानीकर्तासँग समेत अन्तक्र्रिया गरी उपप्रधानमन्त्री पोखरेल यही चैत २० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो । 

-रासस

प्रतिक्रिया