उपराष्ट्रपति विशेष समारोहमा

admin

काठमाडौँ, २० वैशाख: उपराष्ट्रपति नन्दबहादुर पुन फिनल्याण्डको १०१औँ स्वतन्त्रता दिवसका अवसरमा आज साँझ राजधानीमा आयोजित विशेष समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेनले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कलाकार, उद्योगपति, व्यापारी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत आन्तिनेनले नेपालको सामाजिक–आर्थिक विकासमा आफ्नो देशले सक्दो सहयोग गरिरहेको बताउनुभयो । उहाँले शिक्षा, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइका क्षेत्रमा फिनिस सहयोग केन्द्रित रहेको बताउँदै आफ्नो देशका गैरसरकारी संस्थाले प्रभाकारी रुपमा काम गरेकामा त्यसको सराहना गर्नुभयो ।
-रासस

प्रतिक्रिया