उप-प्रधानमन्त्रीले गरेको काम अनैतिक छ भन्दै जंगिए ज्ञानेन्द्र शाही (भिडियो)

मनिषा थापा

पिएनपिखबर : एक निजी टेलिभिजनको भिडियो अन्तर्वार्ता कार्यक्रमको बीच मै 
 उपप्रधानमन्त्री उपेन्द्र यादव उठेर हिडेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि यस विवाद चरम उत्कर्षमा पुगेको छ। आइतबार राति ९ बजे एभी न्युज टेलिभिजनको ‘सकस राजनीति बहस’ कार्यक्रमबाट कार्यक्रम सञ्चालक सुशील पाण्डेले ‘प्रश्नको जवाफ दिन सक्नु हुन्न भने तपाई जान सक्नु हुन्छ’ भनेका थिए ।

नेपालका लागि नेपाली अभ्यानकर्ताहरुले यसको विरोध गर्दै पत्रकार सम्मेलन गरेको छन। अभियानमा लागेका ज्ञानेन्द्र शाहीले उपप्रधानमन्त्रिले गरेको व्यवहार तानाशाही रहेको आरोप लगाएका छन्। उनले भने, ‘पत्रकारले देशको लागि प्रश्न सोधेको हुन्छ र त्यो सरकारमा बसेर जबाफ नदिनु अनैतिकता हो। प्रश्न सोद्धा उठेर जानु भन्दा पनि सोधिएको प्रश्नमा प्रमाण लिएर आउनु भन्न मिल्दैन। यस्तो अनैतिक काम गर्ने उपेन्द्र यादव उपप्रधानमन्त्री हुन् कि गुण्डा हुन् ?’

सुशील पाण्डेमाथि भएको व्यवहारको विरोध गर्दै र विरगंजको अभिन्युजमाथि भएको तोडफोड क्षतिपूर्ति माग साहित् आउँदो जेठ ४ गते कार्यक्रम रहेको उनको भनाई छ। कानुनी राज्य र राष्ट्रको अस्तित्वको लागि उक्त कार्यक्रम आयोजना हुने उनले बताए। बाँकी हेर्नुहोस भिडियोमा…..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू