एउटै फिल्ममा देखिने भए जान्भी र रणवीर कपुर…

मनिषा थापा

एजेन्सी : बलिउडका चर्चित स्टार रणवीर कपुरसँग श्रीदेबीको छोरी जान्भी कपुरले फिल्म खेल्ने भएकी छन्। यस चलचित्रमा रणवीरको जोडीको रुपमा नायिका दीपिका पादुकोण रहने हल्ला चलिरहेको थियो तर अब भने फिल्ममा जान्भी फाइनल भइसकेकी छन् ।


फिल्ममा अजय देवगणको पनि अभिनय रहनेछ । अब फिल्ममा अजयको जोडीको लागी भने खोजीकार्य जारी रहेको बताइएको छ । फिल्मको नाम भने खुलाइएको छैन् । फिल्म एक्सन जनरामा निर्माण हुन लागेको छ । फिल्मलाई लव रन्जनले निर्देशन गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू