एकताले मात्र काङ्ग्रेसको जीत : महामन्त्री कोइराला

admin

तुलसीपुर, १२ चैत: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले काङ्ग्रेसभित्रको एकता र जनतासँंगको सुमधुर सम्बन्धले मात्र काङ्ग्रेसको जीत सम्भव हुने बताउनुभएको छ ।

घोराही उपमहानगरपालिका–१९ को सैँघास्थित आज लाकुरीडाँडामा सशस्त्र द्वन्द्वका क्रममा मारिएका काङ्ग्रेस नेता स्वर्गीय लालबहादुर घर्ती र माधव रावतको शालीक अनावरण तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रमा उहाँले सो कुरा बताउनुभएको हो ।

त्यसका लागि गाउँका काङ्ग्रेसलाई एक हुनसमेत महामन्त्री कोइरालाले आग्रह गर्नुभयो । ‘‘गाउँमा कार्यकर्ता एक भए केन्द्रमा नेता एक नभइ सुख हुँदैन् एक हुनुहोस्’’, उहाँले भन्नुभयो । उहाँले गाँउ गाँउबाट काङ्ग्रेस एक छ र हुनुपर्छ भन्ने सन्देश कार्यकर्ताले केन्द्रसम्म दिनपर्ने बताउनुभयो । त्यस्तै उहाँले अर्को प्रसङ्गमा वर्तमान सरकारका गतिविधिका कारण देश अप्ठे्यारो परिस्थितिमा पुगेको बताउनुभयो । कोइरालाले लोकतन्त्रलाई संस्थागत गर्दै समृद्ध समाज निर्माण गर्ने बाटोमा सरकार लाग्नुपर्ने बताउनुभयो ।
-रासस

प्रतिक्रिया