एक रात नसुत्दा स्वास्थ्यमा कति असर पर्छ ? जान्नुहोस्

रिता घिसिंग

एजेन्सी : निन्द्रा शरीरका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । अनुसन्धानकर्ताहरुका अनुसार मान्छे बरु बिना खाना लामो समय बाँच्न सक्छ तर निद्रा बिना मान्छेको जीवन लामो टिक्न सक्दैन ।

कतिपय मान्छेहरु काम, पढाई जस्ता कुरामा व्यस्त भएर एकरातका लागि निन्द्रा त्याग गर्ने गर्छन् । एक रात नसुत्दा के नै हुन्छ भन्ने हाम्रो मनसाय हुने भएकाले हामी नसुति रात कटाउछौँ । तर के तपाईलाई थाहा छ एक रात नसुत्दा त्यसले तपाईको शरीरलाई कति प्रभाव पारिरहेको हुन्छ ?

भोक नियन्त्रण गर्न नसक्नू
राति नसुत्दा शरीरमा हर्मोनहरुको सन्तुलन बिग्रने हुन्छ जसको असर प्रष्टै देख्न सकिन्छ । हाम्रो थाकेको शरीर र दिमागले एकछिन पनि आराम नपाएको हुँदा यसले विभिन्न समस्या निम्त्याउँछ ।

भोकलाई नियन्त्रण गर्ने हर्मोनको सन्तुलन बिग्रिएपछि हामीलाई पटकपटक भोक लागिरहन्छ । खाइसकेपछि भने हामीलाई अत्याधिक थकान महसुस हुन्छ । पेट अघाएपनि हामीलाई भोक लागिरहन्छ ।

प्रतिरोघात्मक क्षमतामा कमि
यसले प्रतिरोघात्मक क्षमतालाई समेत प्रभाव पार्ने हुनाले हामी सजिलै बिरामी हुन सक्छौँ । ज्वोरो, रुघा खोकीले छिट्टै असर गर्न सक्छ र औषधीले समेत काम गर्न लामो समय लिन्छ । यस्तो अवस्थामा हाम्रो शरीरको तापमानमा पनि भिन्नता आउँछ ।

सुगर लेभल बढ्नु
यति मात्र नभएर राति नसुत्दा तपाईको रगतको सुगर लेभल पनि बढ्न जान्छ । धेरै पटकसम्म यसरी निन्द्रा त्याग्ने व्यक्तिहरुलाई मधुमेह लाग्ने सम्भावना पनि बढेर जान्छ ।

तनावको शिकार
कोर्टिसोल नामक हर्मोन तनावका कारण उत्पन्न हुने हो । त्यसैले एकरात नसुत्दा यो हर्मोन सक्रिय भई यसको वृद्धि हुन जान्छ । कम सुत्ने व्यक्ति अवस्य नै तनावको शिकार हुने गर्छ । यसले रगतमा ग्लुकोज र फ्याट स्टोरेजलाई समेत प्रभाव पार्ने हुनाले पेट सम्बन्धी समस्या निम्त्याउन सक्छ ।

सोच्ने शक्तिमा कमि
नसुत्ने मानिसहरुको सोच्ने क्षमतामा कमि आउने हुन्छ । यससँगै एकैसाथ धेरैवटा काम गर्न पनि कठीनाइ हुने गर्छ । कामको गति कम हुने र गल्ती धेरै हुन सक्ने समस्या पनि देखा पर्छन् ।

ध्यान दिन नसक्नु
नसुतेको मानिसको दिमागको अगाडीको भागमा रक्त संचारको कमि हुने गर्छ जसकारण हामीले कुनै पनि काम ध्यानपूर्वक गर्न सक्दैनौँ । यसले हाम्रो सुन्ने शक्तिलाई समेत प्रभाव पार्छ ।

स्मरणशक्ति घट्नु
दैनिक जीवनमा काम गर्दा हाम्रो दिमागले जरुरी कुराहरु स्मरण गरिरहेको हुन्छ तर नसुतेको मानिसले त्यो भन्दा थोरै मात्र कुराहरु सम्झिन सक्छ । यसका कारण हाम्रो बोलिमा समेत नराम्रो प्रभाव पर्न जान्छ । छोटो समयका लागि मात्र नभएर यस्तो समस्या लामो समयसम्म रहिरहन्छ । सुतेको समयमा मानिसको स्मृतिहरु संकलित हुने भएकाले पनि एकदिनको अनिन्द्राले हाम्रो दिमागको सामान्य कामहरुमा पनि नसोचेको असर पर्न जान्छ ।

धेरै भावुक हुनु
नसुतेको मानिस साधारण व्यक्ति भन्दा बढी भावुक हुने पाइएको छ । यसले उनीहरुको मुडलाई लगातार परिवर्तन गराइदिन्छ । तनावयुक्त भएपछि हाम्रो भावनात्मक हर्मोनहरु धेरै सक्रिय हुने हुनाले यस्ता मानिसहरु अनावश्यक रुपमा भावनामा बहेर सानो समस्यालाई पनि सम्हाल्न नसक्ने हुन्छन् ।

सवारी चलाउँदा होसियार
धेरै जस्तो दुर्घटनाहरु सवारी चालक सुतेका कारण हुने गर्छन् । कम सुत्ने अथवा सुत्दै नसुत्ने मानिसहरु थकानका कारण सवारी चलाउने क्रममै निदाउँछन् । यसकारण दुर्घटनाहरु हुने गर्छन् ।

स्वस्थ नदेखिनु
कतिपय मानिसहरु नसुतेको बाहिर हेरेरै थाहा पाउन सकिन्छ । उनीहरु हेर्दा नै थकित, आँखा मुनी कालो घेरा, आँखा रातो र छालालाई समेत विकर्षित बनाइदिन्छ । यसरी धेरै पटक सम्म निन्द्रा त्याग गर्ने मानिसहरु छिटै बूढा देखिन्छन् ।

प्रतिक्रिया