‘एक सहकारी एक नमूना उत्पादन’नीति ल्याउछु :मन्त्री थापामगर

admin

कास्की, १ मङ्सिर : गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले प्रत्येक सहकारी संस्थाले एउटा÷एउटा नमूना कृषि उत्पादन गर्नुपर्ने नीति सरकारले ल्याउन लागेको बताउनुभएको छ । प्रदेशसभामा पेश भएको प्रादेशिक सहकारी विधेयकमा प्रत्येक सहकारी संस्थाले एक नमूना कृषि उत्पादन गर्नुपर्ने प्रावधान रहेको जानकारी गराउँदै उहाँले सहकारीलाई उत्पादनमा केन्द्रित गर्ने सरकारको योजना रहेको छ भन्नुभयो ।

शुक्रबार जनसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औँ वार्षिक साधारणसभामा मन्त्री थापामगरले भन्नुभयो, “सहकारी बचत र ऋण कारोबारमा मात्र केन्द्रित नभई उत्पादनमा जोडिनु आवश्यक छ । प्रदेशका तीन हजार ५०० सय सहकारी संस्था प्रत्येकले एउटा÷एउटा उत्पादन गर्दा पनि तीन हजार ५०० सय नमूना उत्पादन हुन्छ । सरकारले उत्पादनमा जोड दिने नीति बनाउँदैछ ।

प्रदेशका सहकारी संस्थामा अहिले रु ६५ अर्बको हाराहारीमा पूँजी रहेको र प्रत्येक सहकारीले आफ्नो कूल पूँजीको ३० प्रतिशत कृषिमा लगानी गर्नुपर्नेमा उहाँले सुझाव दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य राजकाजी गुरुङले देशमा अब स्थिर सरकार बनेसँगै उत्पादनमा जोड दिएर आयात प्रतिस्थापनमा लाग्ने बेला भएको विचार व्यक्त गर्नुभयो ।
-रासस

प्रतिक्रिया