एनसेल वा एनटिसीमा फोन नलाग्दा “माफ गर्नुहोस्…” भन्ने दुई महिला यिनै हुन्

admin

काठमाडौँ । फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अरू जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर आफैँ बज्छ। यान्त्रिक रूपमा बज्ने त्यो सुनेर प्रयोगकर्ताहरू झर्को पनि मान्छन्।नेपाल टेलिकमका सेवाका लागि भूमिका थापा शाहको र एनसेलका लागि सुबानी मोक्तानले आफ्नो स्वर दिएका छन् । भूमिकाले पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्ने गरेकी थिइन् भने सुबानी गायिका हुन्।

भूमिका थापा शाह – भुमिका भन्छिन् फोन नलागेको बेलामा मेरै आवाज आउँछ, टेलिकम सम्बन्धी केही सुचना लिनुपर्ने भयो मैरै आवाज आउँछ । कतिपय अवस्थामा मेरो आवाज सुन्दा कतिजना दिक्क हुनुभएको हुन्छ । मैरै आमा पनि कहिले काहीँ भुमिका जी फोन लगाईदिनुहोस् न भनेर जिस्किनु हुन्छ मलाई मज्जा लाग्छ । कहिले काहीँ आफुले फोन गर्दा आफ्नै आवाज सुन्दा आफैलाई वाक्क लाग्ने गरेको भुमिकाको अनुभव छ ।

सुबानी मोक्तान – एनसेलमा फोन गर्दा नलाग्ने समय वा अन्य सुचनाहरु लिनुपर्दा आफ्नो आवाज आउने बताउँदै सुबानी भन्छिन्, कहिले काँही म आफैपनि दिक्क भाको हुन्छु । सायद सबैलाई त्यस्तै हुन्छ होला । कहिले काँही आफैले कसैलाई फोन गर्दा आफ्नो आवाज सुन्दा वा इन्ट्रक्सन दिएको सुन्दा रममाइलो पनि लाग्छ तर नकाटे सम्म त्यही बजेको बजै गर्दा भने दिक्क नै लाग्छ उनी आफ्नै अनुभव सुनाउछिन् । (विविसिको सहयोगमा)

प्रतिक्रिया