“एपिक नेपाल म्युजिक अवार्ड २०७५” फाइनल आगामी माघ ४ गते शुक्रबार हुँदै

शर्मिला गुरुङ

काठमान्डौँ, २८ पुस : एपिक नेपाल म्युजिक अवार्ड २०७५” फाइनल आगामी माघ ४ गते शुक्रबारका दिन ठमेल स्थित ‘छाया सेन्टर’मा आयोजना हुने सस्थाका अध्यक्ष अमन श्रेष्ठद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । सो कार्यक्रममा नेपाली गीत संगीतका धरोहर एबम सम्मानित व्यक्तित्वहरु उपस्थिति रहने भएको छ ।

अवार्ड समारोहमा लोक गीत, आधुनिक, पप रलोक पप ,तामाङ सेलो ,मेंदोमाया ,काठे भाका,देउडा गीत, पुर्बेली भाका र दशैँ तिहार विधामा कलाकारहरु सम्मानित हुनेभएका छन । कुल ६६ विधामा अवार्ड आयोजना गरिएको छ भने उक्त्त भब्य र सब्य समारोहमा नेपाली सुगम संगीतका धरोहर प्रेरणाको श्रोत भजन शिरोमणी भक्तराज आचार्य र बरिस्ठ लोक गायक श्री कुमार बस्नेत नगद सहित लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने भएको छ ।

विभिन्न संचार सस्थामा लामो समय देखि योगदान दिदै आउनु भएका न्युज २४ का रबि लामिछाने, रेडियो काठमाडौं एफ। एम। का चन्द्रमणि गौतम, अन्नपूर्ण दैनिकका अनन्त वाग्ले ,नया पत्रिका दैनिकका लक्ष्मण सुबेदी ,कान्तिपुर साप्ताहिकका कृष्ण भट्टाराई ,डीस होमका बिकास लामिछाने,नेवा अनलाईनका विजयरत्न तुलाधर सुन्दारादेबी संदेश साप्ताहिकका किरण अधिकारि,एबिसी टेलिभिजनका बिनोद बि।क। ,टिभी टुडेका रमेश बस्नेत ,मिलाप मासिककी गीता अधिकारि ,म्युजिक खबरकी सबिता पोखरेल, पावर न्युजका श्री कमला जोशी ,म्युजिक डायरीका तुलसी गिरी ,प्रकाश साप्ताहिकका दिपक पाण्डे ,मिर्मिरे एफ।एम। का राजु बोहोरा लगायतका संचारकर्मीहरु एपिक नेपाल कला पत्रकारिताबाट सम्मानित हुने कार्यक्रम संयोजक राजेन्द्र पुरीले बताउनुभयो ।

सो कार्यक्रमको डीस होमको रमाईलो टेलिभिजन च्यानल र टिभी टुडेबाट प्रत्यक्ष प्रशारण गरिने भएको छ भने चर्चित कार्यक्रम संचालक श्री दिनेश डिसीले संचालन गर्ने भएका छन ।

प्रतिक्रिया