एमी ज्याक्सनले गरिन इन्गेजमेन्ट

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेत्री एमी ज्याक्सनले नयाँ बर्षकै दिन इन्गेजमेन्ट गरेकी छन् । प्रेमी जर्ज पनायोटीको अंगालोमा रमाउँदै गरेको तस्विर सहित उनले आफ्नो इन्गेजमेन्ट रिङ इन्स्टाग्राममा शेयर गरेकी छन् ।

तस्विर सेयर गर्दै उनले लेखेकी छन् ‘जीवनको नयाँ पलको सुरुवात गर्दैछु । म तिमीलाई प्रेम गर्छु । मलाई संसारकै सबैभन्दा भाग्यमानी यूवती बनाइदिएकोमा धन्यवाद ।’ एमी केही समयदेखि व्यापारी जर्ज पनायोटीसँग प्रेममा थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू