एयरपोर्टमा नास्ता खाँदा अरबपतीकी छोरीको मृत्यु, पोष्टमार्टममा खुल्यो रहस्य

रिता घिसिंग

एजेन्सी : ब्रिटिश एयरवेजमा सवार एक अरबपति व्यवसायीकी १५ वर्षकी छोरीको दर्दनाक मृत्यु भयो । उनको मृत्यु एयपोर्टमा नास्ता खाएलगत्तै भएको थियो । उनले फ्लाइटमा बस्नुभन्दा पहिले नास्तामा स्याण्डविच र ओलिभ खाएकी थिइन् । लगत्तै उनको शरीरमा रातो धब्बा देखिन थाले । उनलाई एलर्जी भएको थियो । उनलाई तत्कालै जरुरी औषधी दिइयो तर उनको रोग बढ्दै गयो । आकस्मिक उपचार जारी थियो यत्तिकैमा उनलाई हर्ट एट्याक भयो । अस्पताल नपुग्दै उनको मृत्यु भयो ।

ती किशोरीका पिताले एयरपोर्टमा स्याण्डविच बेच्ने फुड चेन र ब्रिटिश एयरवेजसँग यस विषयमा जवाफ मागेका थिए । जुन जवाफ अहिले प्राप्त भएको छ । घटना १७ जुलाइ २०१६ को हो । नताशा नामकी ती किशोरी पितासँग लण्डनबाट निस जाँदै थिइन् । उनले हिथ्रोको टर्मिनल ५ बाट नास्ता प्याक गराइन् । फ्लाइटमा बस्नासाथ उनले स्याण्डविच खाइन् । त्यसपछि उनको शरीरमा रातो धब्बा देखिन थाल्यो । सँगै भएका पिता नदीमले उनलाई एपिसेन्स औषधी दिए ।

नताशालाई तिलको एलर्जी थियो । उनले खाएको स्याण्डविचमा यसको केही अंश मिसिएको थियो । नताशालाई विमानमै आकस्मिक उपचार गरिँदै थियो । यत्तिकैमा उनलाई हर्ट एट्याक भयो । विमान आकस्मिक अवतरण गरियो । त्यसपछि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भयो । पोष्टमार्टममा खुल्यो कि नताशाको मृत्यु एलर्जीका कारण भएको थियो । पछि थाहा भयो कि उनले खाएको स्याण्डविचमा तिल मिसिएको थियो ।

पिता नदीमले यो घटनाका विषयमा स्याण्डविच बनाउने फुड चेन प्रेट र ब्रिटिश एयरवेजसँग जवाफ मागेका थिए । फुड चेन प्रेडले आफ्ना सबै पसलमा एलर्जीसम्बन्धी गाइड दिइने र त्यसमा एलर्जी गराउन सक्ने १४ उत्पादनबारे प्रस्ट लेखिएको भन्दै त्यो नपढ्नु नै ती बाबुछोरीको गल्ती भएको दावी गरेको छ । नताशालाई दिइएको प्याकेटमा पनि एलर्जीसम्बन्धी चेतावनी लेखिएको उसले दावी गरेको छ । ब्रिटिश एयरवेजले पनि आफ्ना स्टाफलाई यात्रुको सुरक्षासम्बन्धी अझै राम्रो तालिम दिने बताउँदै पन्छिएको छ । उसले नताशाको मृत्युमा दुःख जनाएको छ ।

प्रतिक्रिया