एसइई परिक्षा दिदै गरेकी ६८ बर्षिय आमा भन्छिन ‘म एसइई पास हुन्छु’ (भिडियोसहित)

रिता घिसिंग

पिएनपीखबर : चैत १० गतेबाट एसईई परीक्षा शुरु भएको हो। ओखलढुंगा लिखु गाउँपालिका घर भई हाल भक्तपुरको गोठाटार बस्ने ६८ बर्षिय युगमाया कार्कीले पनि नातिसँगै एसइई परीक्षा दिएकी छिन। 

एसईई परिक्षाको तयारीमा  रहेका  युग माया आमालाई हाम्रो पिएनपि टिमको तर्फ हार्दिक शुभकामना । उहाँ हामी सबैको लागि हौसला हो। आइतबार देखि देशै भरि चार लाख भन्दा धेरै विद्यार्थीहरुको भविष्यसँग जोडिएको यो परीक्षा विशेष हुने धेरैको बुझाई रहेको छ ।

 

आमाको ५ जना बुहारी, ५ जना नाति र ७ जना छोरा छन। उनलाई सबै बिषय सजिलो लाग्छ। आफुलाई नजानेका कुरा बुहारीहरुले सिकाउने गर्छन । उनि पास हुन्छ भन्नेमा बिस्वस्त छिन। ७ जना छोरा स्याहारदैमा उमेर छँदा पढ्न पाएन। अहिले घर सम्हाल्ने बुहारीहरु भएका कारण फुसर्दमा पढ्न आएकी आमा बताउछिन। आमाको ७ जना छोराहरुले डिग्री पास गरिसकेका छन्। साथै ५ जना बुहारीहरु पनि डिग्री  पास गरिसकेकी छिन।  घरमा सबै शिक्षित परिवार भएका कारण उहालाई एसइई परिक्षा दिन सजिलो भएको आमाले बताए। 

 

बाँकि हेर्नुहोस भिडियोमा :  

प्रतिक्रिया

सम्बन्धित समाचारहरू