एसिड आक्रमणको ४ बर्ष पश्चात संगीता मिडियामा, भन्छिन-‘आत्महत्या गर्ने सोच धेरैपटक बनाए’ (भिडियो)

शर्मिला गुरुङ

काठमाडौँ: एसिड आक्रमण भएको ४ बर्ष बितिसक्दा समेत न्यायको अनुभूति गर्न नपाएको संगिता मगरले बताएकी छिन। एसिड आक्रमण गर्नेलाई जन्मकैदको सजाय हुनुपर्ने माग गर्दै उनले पछिल्लो समय महिला हिंसाको बिरुद्धमा अभियान सञ्चालन गरेको जानकारी दिएकी छिन ।

४ बर्ष अघि ट्युसन पढ्न जाने क्रममा काठमाण्डौको बसन्तपुरमा उनीमाथी एसिड आक्रमण भएको थियो । एलएलसी परिक्षा नजिकिँदै गर्दा उनलाई जीवन विकले काठमाडौँको बसन्तपुरमा एसिड छ्यापेका थिए । एसिड आक्रमणमा परेकी संगिताको अहिले पनि उपचार भईरहेको छ । परिवारले उपचार गरिरहेको बताउदै उनले पछिल्लो समय सरकारी निकाय र संघसंस्थाबाट भने कुनै सहयोग नभएको जानकारी दिइन। उच्च शिक्षा हासिल गरिसकेकी संगीता अब समाजसेवाको बिषयमा स्नातक अध्ययन गर्ने सोचमा छिन्। समाजसेवाको क्षेत्रमा बिशेष गरि एसिड पिडितको हकमा र उनीहरुको आवाज बुलन्द बनाएर समाजमा एसिड आक्रमण पिडितलाई हेर्ने दृष्टिकोण बदल्न योगदान दिने उनको लक्ष्य छ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू