एसिड भएको पानी झुक्काएर पिउन लगाए, नमानेपछि अनुहारमा छ्यापे : मुस्कानका बाबु

मनिषा थापा

पिएनपिखबर : गत शुक्रबार बिहान १५ वर्षीया किशोरी मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो। उनीमाथि दुई युवकले एसिड प्रहार गरी फरार भएका थिए। एसिड प्रहार गर्ने छपकैया टोलकै सम्साद मिया मक्सेद आलमलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

घाइते मुस्कानको हालै किर्तिपुर अस्पतालमा उपचार भईरहेको छ। एसिड प्रहारबाट उनको मुख, हात, छाती पाखुरामा गम्भिर चोट लागेको छ। मुस्कानका बाबुले एसिड प्रहार गर्ने व्यक्ति छिमेकी नै रहेको बताए। उनले भने, ‘सम्सादले ६ महिना अगाडि देखि मुस्कानलाई पछ्याइरहेका थिए। स्कुल जाँदा-आउँदा आफूलाई जहिल्यै जिस्काउने गरेको मुस्कानले आमालाई बताएपछि मैले आफै भेटेर सम्झाएको थिए।’

उनले घटनाको बारे बताउँदै भने, ‘सम्साद र उनको साथीले छोरी स्कुल जाँदा बीचबाटो मै रोके र उनलाई झुक्काएर एसिड हालिएको पानी खान लगाए। मुस्कानले खान नमानेपछि त्यही पानी अनुहारमा छ्यापेर हालेर भागेका थिए।’ 

उनले एसिड प्रहार गर्ने व्यक्तिलाई राज्यले कडा भन्दा कडा सजाय दिलाउनुपर्ने बताए। ‘जुन घटना मेरो छोरीको घट्यो त्यस्तो कसैको जीवनमा पनि नघटोस।’ ,उनले भने। उनले मुस्कानको उपचारमा आर्थिक अभावका कारण कठिनाई भईरहेको जनाए ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू