‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

शर्मिला गुरुङ

काठमाडौँ, १५ मङ्सिर  :  शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । लिगको पाचौँ चरणअन्तर्गत आज हुने पहिलो खेलमा च्यासल युथ क्लबले सङ्कटा युथ क्लब र मनाङ– मस्र्याङ्दी क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

दुवै खेल हलचोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । च्यासल चार खेलमा एक जित, दुई हार र एक बराबरीसहित चार अङ्क जोडेर तालिकाको आठौँ स्थानमा छ । सङ्कटा नौ अङ्कसहित छैटौं स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा मनाङ र सरस्वती क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा शत प्रतिशत जित निकाल्न सफल अङ्क तालिकाको पहिलो स्थानमा रहेको मनाङ र विदेशी खेलाडीको प्रदर्शनमा राम्रो प्रदर्शन गरिरहेको सरस्वतीबीच भिडन्त हुनेछ । सरस्वती क्लब सातौँ स्थानमा छ । रासस

प्रतिक्रिया