ए डिभिजन लिग : थ्री स्टार विजयी

admin

काठमाडौँ, २९ मङ्सिर: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा थ्री स्टार क्लब विजयी भएको छ । हल्चोकस्थित शसस्त्र प्रहरीको खेलमैदानमा भएको खेलमा मछिन्द्र क्लबलाई १–० गोलले पराजित गर्दै थ्रंी स्टारले महत्वपूर्ण तीन अङ्क जोडेको छ । थ्री स्टारको जितमा एक मात्र गोल रञ्जित धिमालले खेलको १२ औँ मिनेटमा पेनाल्टीमार्फत गरेका थिए ।

थ्री स्टारका मिडफिल्डर निराजन खड्काले प्रहार गरेको बल मछिन्द्रका डिफेन्डर अञ्जन देवकोटाले हातले रोकेपछि थ्री स्टारले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई धिमालले गोल गरेका हुन् । जितपछि थ्री स्टारले आठ खेलबाट २१ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मछिन्द्र तीन अङ्कसहित तालिकाको १३ औँ स्थानमा छ ।
-रासस

प्रतिक्रिया