‘ए मेरो हजुर ३’को टिजरमा देखियो अनमोल र सुहानाको प्रेम (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : नेपाली युवास्टार अनमोल केसी अभिनीत चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक भएको छ। चलचित्रको टिजर बुढासुब्वा डिजिटलको युट्युबमार्फत आइतबार रिलिज भएको हो। एक मिनेट १३ सेकेन्ड लामो टिजरमा नायक केसी र नायिका सुहाना थापाबीचको प्रेम देखाइएको छ।        

यस चलचित्रबाट नायिका तथा निर्देशक थापाले आफ्नी छोरी सुहानालाई चलचित्र क्षेत्रमा डेब्यु गराउँदैछिन्। ‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानासँगै अर्पण थापा, सलोना बस्नेत, रवीन्द्र झालगायतको अभिनय रहेको छ। यो चलचित्रको रिलिज मिति आगामी चैत्र २९ लाई तोकिएको छ। चलचित्रमा सञ्जय लामाको छायाँङ्कन, रोशन श्रेष्ठका द्वन्द्व निर्देशन रहेको छ।

हेर्नुहोस टिजर : 

 

प्रतिक्रिया