ऐश्वर्यामाथि एक ट्वीटले विवादमा आए विवेक ओबराय

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता विवेक ओबराय एक ट्वीटका कारण विवादमा तानिएका छ । कुनै बेलाकी उनकी गर्लफ्रेण्ड रहेकी चर्चा भएकी ऐश्वर्या राय बच्चनमाथि एक ट्वीटले उनलाई जेलसम्म पुर्याउने सम्भावना देखिएको छ ।

ओबरायले ट्वीटरमा सलमान, आफु र अभिषेक तथा आरध्यासँगको तीनवटा ऐश्वर्याका तस्वीर ट्वीटरमा पोस्ट गरेका थिए । सोही मेमेलाई विवेकले ‘हा हा, कलात्मक, नो पोलिटिक्स.. जस्ट लाइफ’ भनेर पोस्ट गरेका थिए।

पोस्ट गरिए लगत्तै मेमे भारतमा भाइरल भयो। उनको यस पोस्टलाई लिएर विशेषगरी महिलाहरूले आपत्ति प्रकट गरेका छन्। यस क्रममा बलिउड अभिनेत्री सोनम कपुरले ‘घटिया सोच’ भनेर टिप्पणी गरेकी थिइन्।

यसको जवाफ विवेकले जसकोबारेमा पोस्ट गरियो उनीहरूलाई मतलब छैन, सरोकार नभएकाहरूले चासो दिएर नेतागिरी गर्ने लागेको भनेर दिएका छन्।
उनले सोनमालाई सिनेमा ‘ओभर एक्टिङ’ कम गर्न र सामाजिक संजालमा ‘ओभर एक्ट’ नगर्न सल्लाह दिएका छन्।

यसैबीच राष्ट्रवादी काँग्रेसले ओबरायलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । उसले कसैको नीजि जीवनमाथि यसरी प्रहार हुनु भद्दा र आपत्तिजनक भएको बताएको छ । उसले महिला आयोग महाराष्ट्रलाई यो विषयमा गम्भीरता देखाउन भनेको छ ।

हाल सो ट्विट विवेकले हटाइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू