ओरालो लाग्यो सुनको भाउ

मनिषा थापा

काठमाडौँ : साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ।

बिहीबार प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मूल्य आज प्रतितोला २ सयले घटेर ७० हजार ६ सय रुपैयाँमा र तेजाबी सुनको पनि मूल्य ७० हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला ८ सय ७५ रुपैयाँ रहेको चाँदी आज तोलामा पाँच रुपैयाँ घटेर प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया