कठै मेरो देश, आन्दोलन नगरी सडक समेत नबन्ने भयो; संघर्ष समिती {भिडियो सहित }

admin

पिएनपीखबर, भक्तपुर : ललितपुर जिल्ला, गोदावरी नगरपालिकाको चापागाउँ सडक खण्ड पिच नभएका कारण त्यहाँका स्थानियहरुले धेरै सास्ती खेप्नु बाध्य भएका छन् । यस संगै सडकमा पैदलयात्राबाट आवतजावत गर्ने सबै यात्रीहरुको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको पैदलायात्रुहरु बताउछन।

गोदावरी नगरपालिका वडा नं १०,११ र १२ पर्ने सडकखण्ड पिच गरिदिन्छु भनेको लामो समय भइसक्दा पनि पिच नहुँदा स्थानियहरुले धेरै सास्ती खेप्नु परिरहेको छ। लामो समयदेखि सडक पिच नभएका कारण चापागाउँ ठेचो र सुनाकोटी सडक खण्ड अहिले बन्द गर्नुपर्ने भएको छ।

बारम्बार भनिरहँदा पनि बोलीको सुनुवाई नहुँदा सडकखण्ड ठप्प पार्नु परेको स्थानीयले बताएका छन्। सम्बन्धित निकायले बाटो पिच गरिदिन्छु भनेर आस्वाशन मात्रै देखाएका कारण बाटो ठप्प पार्नु परेको त्यहाँका सडक पिडित बताउछन्। पटक पटक धेरै पटक बाटो बनाइदिञ्छु भन्ने तर आस्वाशनामा जनतालाइ रोमलिरहने भएकाले सडक बन्द गर्नुपर्ने बाध्यता परेको हो।

कमिशन खोर प्रतिनिधिका कारण बाटो कालोपत्रे हुन नसकेको स्थानियको दावी रहेको छ। सम्बन्धित निकायबाट आएको बजेट कमिशनबाटै चुहावट भएका कारण पिच हुन नसकेको जनाइएको छ। पिच गर्न बाँकी सडक करिब ४ किलोमिटर रहेको छ तरपनि कालोपत्रे नहुदा दिनानुदिन धुलो खाइरहनु परेको एक स्थानीयको भनाइ छ। जनप्रतिनिधि र ठेकेदारको लापरवाहीको कारण चापागाउ सडक अझै पनि पिच हुन नसकेको बताउछन् त्यहाँका बासिन्दा। त्यहाँको सडक धुलाम्मे भएका कारण बालबालिकाहरु धुलोकै कारण बिरामी हुने गरेको स्थानिय बासिन्दाहरु बताउछन्। बाकि हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू