कतारमा ३ बर्ष भाडा माझेर स्वदेश फर्केका यी साइकल यात्री भन्छन, ‘म एक ठुलो माग्ने हु, मागेरै ६६ जिल्ला घुमे’ [हेर्नुहोस भिडियो साहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  सुनसरीमा जन्मिएका ओम प्रकाश बानियाँ एक साइकल यात्री हुन्। हालै नेपालको भ्रमण गरिरहेका ओम प्रकाशको विश्व यात्रा गर्ने योजना रहेको छ ।

नेपाल भ्रमणमा निस्किएका ओम प्रकाश बानियाँ सामान्य परिवारमा जन्मेहुर्केका हुन्। घरको आर्थिक अवस्था कमजोर भएकै कारण साढे ३ वर्ष कतार बसे । उनले कतारमा भाडा माझ्ने, देखि ट्वाइलेट सफा गर्ने कामसम्म गरेर ऋण चुक्ता गरी घर समेत बनाए । तर उनलाई पैसाले मात्र कहाँ सन्तुष्टि दियो र ! स्वदेशमा फर्किएपछि साइकलमा ७ प्रदेश घुम्ने इच्छा जाग्यो बानियाँको । उनले घरमा आफ्नो इच्छा सुनाए र सम्झाए। त्यसपछि उनी यात्रामा लागे।

विश्व साइकल यात्री पुस्कर शाहबाट प्रेरित बानियाँ अहिले आफ्नो जागेको इच्छा पूरा गर्न र नेपालको पर्यटन प्रवर्धन तथा नेपालमा शान्ति, समृद्धि र स्थायित्व कायम होस् भन्ने चाहनासहित विगत छ महिना २६ दिन देखि साइकल यात्रामा होमिएका छन् । उनले अहिलेसम्म ६६ वटा जिल्ला घुमिसकेका छन् भने ११ ओटा बाँकी रहेको बताए। उनले नेपालका ७७ वटै जिल्लामा साइकलमा यात्रा गर्न सकिन्छ भन्ने सन्देश दिएका छन्।

उनले ६६ जिल्ला घुमेको अनुभव सुनाउदै भने, ‘नेपाल सुन्दर देश हो भन्ने सबैलाई थाहाँ छ तर पनि सुन्दर देशलाई बनाउन जानेका छैनौ। देश बनाउछु भनेर लागि परेका नेताहरु सहि रहेन छन्। वास्तवमा हामीले चाहेको खण्डमा विश्व कै नमुना देश बनाउन सक्ने रहेछ।’

उनको अब रोजगारको लागि विदेशमा नजाने र नेपालमै केहि गर्ने सोच रहेको छ। जिल्ला भ्रमण गर्दा आएको पैसाले आफु जन्मेको स्थान सुनसरीको वराहक्षेत्र नगरपालिकामा बाल अनाथ आश्रम बनाउन लागेका छन्। उनले इच्छुक व्यक्तिलाई आश्रम निर्माणमा सहयोग गर्न अपिल पनि गरेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू