कपालमा तेल लगाएपछि भुलेर पनि गर्न नहुने यी गल्ति

मनिषा थापा

एजेन्सी : कपालका लागि तेल निकै महत्वपूर्ण मानिन्छ । जसरी स्वस्थ जीवनका लागि हाम्रो शरिरलाई स्वस्थ खानेकुराको आवश्यकता पर्छ, त्यसैगरी बलियो र स्वस्थ कपालको लागि तेल कुनै स्वस्थ खानेकुराभन्दा कम होइन । त्यसकारण हप्तामा दुई पटक कपालमा तेलको प्रयोग अवश्य पनि गर्नुहोस् । तर तपाईंलाई फाइदा पुर्याउने यही तेलले तपाईंको कपाललाई राम्रो फाइदा पुर्याउँदैन ।

तेल लगाउने बेला केही कुरा याद राख्नुपर्छ । यदि यस्तो गर्नुहुन्न भने तेलले त्यो फाइदा पुर्याउँदैन जसको तपाईंलाई आवश्यकता छ । आउनुहोस्, तेल लगाउने बेला ध्यान दिनुपर्ने कुराबारे जानकारी लिऔं ।

नकोर्नेः

तेल लगाउनुभन्दा पहिले के तपाईं पनि कपाल कोर्नुहुन्न ? यस्तो हो भने तेलले तपाईंको कपाललाई फाइदाको साटो नोक्सानी पुर्याउँछ । कपाल नकोरी जब तपाईं तालुमा मसाज गर्नुहुन्छ भने कपाल कमजोर हुन्छ र निक झर्ने गर्दछ । त्यसकारण तेल लगाउनुभन्दा पहिले कपाल राम्रोसँग कोर्नुहोस्।

कपालको जरामा मात्र तेल लगाउनुः

के तपाईं कपालको जरामा मात्र तेल लगाउनुहुन्छ, यस्तो बिर्सेर पनि नगर्नुहोस् । कपालको जराका साथै अन्त्यसम्म र पूरा कपालभरी तेल लगाउनुहोस् । यसले तपाईंको कपाललाई पूर्ण रुपमा नरम बनाउँछ जसले कपाल बलियो बनाउँछ । तेल लगाएर सधैं मालिस गर्ने कोसिस गर्नुहोस् ।

साधारण तेलको प्रयोगः

के तपाईं सधैं भाँडोबाट तेल खन्याएर सिधै कपालमा लगाउनुहुन्छ । तपाईंको यो बानीले कपाल पूर्ण स्वस्थ हुन पाउँदैन । तेललाई सधैं प्रयोग गर्नुभन्दा पहिले यसलाई हल्का मनतातो गर्नुहोस् । मनतातो तेललाई कपालको जरामा राम्रोसँग सोस्छ जसका कारण कपाल निकै स्वस्थ हुने गर्दछ ।

निकै दह्रोसँग मसाजः

तेल लगाएपछि कपाललाई निकै हल्कासँग मसाज गर्नुहोस् । यसो गर्दा कपाल झर्ने सम्भावना निकै कम हुन्छ । यसका साथै तेल लगाउने बेला औंलाको साटो कपासको सहयोग लिनुहोस् । यसलाई तेलमा डुबाएर जरा र कपालमा लगाउनुहोस् ।

प्रतिक्रिया