कपालमा श्याम्पू लगाउँदा भुलेर पनि नगर्नुहोस यस्ता गल्तीहरू

मनिषा थापा

कपालको लागी श्याम्पू किन्दा हामी धेरै ध्यान राख्ने गर्दछौँ तर कपालमा श्याम्पू लगाउँदा त्यति ध्यान पुर्याउदैनौ र प्रायजसो: हामी गल्तीहरू गर्ने गर्छौं । जसको परिणाम स्वरूप हाम्रो कपाल झर्ने र कमजोर हुने समस्या देखापर्छ । कपालमा श्याम्पू लगाउँदा ध्यान दिनुपर्ने विशेष कुराहरू यस्ता छन्, जान्नुहोस् ।

 

१.  प्रायजसो: हामी सोच्ने गर्छौं कि अधिक श्याम्पूको सेवनले कपाल सफा र बलियो हुन्छ तर यो गलत हो । अधिक श्याम्पू सेवन गर्नाले नोक्सान पुर्याउँछ । कपालको लम्बाई अनुसार नै श्याम्पू लगाउनु पर्दछ ।

 २. कयौँ पटक हामी हतार-हतारमा टाउकोमा श्याम्पू सही तरिकाले सफा गर्दैनौ र कपालमा श्याम्पू रहने गर्दछ । जसको कारण कपाल झर्ने समस्या शुरू हुन्छ ।

३. कयौँ पटक हामी हतार-हतारमा टाउकोमा श्याम्पू सही तरिकाले सफा गर्दैनौ र कपालमा श्याम्पू रहने गर्दछ । जसको कारण कपाल झर्ने समस्या शुरू हुन्छ ।

४. श्याम्पू सफा गर्नको लागी टाउकोमा बल गरेर मसाज गर्नुहुँदैन । यसो गर्दा कपाल कमजोर हुने र झर्ने समस्या हुन्छ । यसको लागी औँलाको सहायताले श्याम्पू निकाल्नुहोस् ।

५ . श्याम्पूलाई हातमा राखेर लगाउनुहोस् किनभने सिधा टाउकोमा राख्दा एकै ठाउँको कपाल रुखो हुने गर्छ ।

६. श्याम्पू मनतातो पानीको साथमा लगाउनुहोस् । धेरै तातो पानी प्रयोग गर्नुहुँदैन । तातो पानीको साथमा श्याम्पू लगाउनाले कपाल रुखो हुन्छ ।

७. कपाललाई राम्रो सँग भिजाएपछि श्याम्पू लगाउनुहोस् ।

८. श्याम्पू टाउकोको पछाडीबाट लगाउदै आगाडी तर्फ आउनुहोस्

प्रतिक्रिया