कपाललाई राम्रो र चम्किलो पार्न हरेक दिन ३ घण्टा खुल्ला छोड्नुहोस

रिता घिसिंग

एजेन्सी : तेल मसाज गर्दा सफासँग नुहाएको कपाल हुनुपर्छ । कन्डिसनर प्रयोग नगरेको कपाल हुनुपर्छ यदि कन्डिसनर प्रयोग गरेको छ भने कपाललाई मात्र स्याम्पु गरी कपाल सुकाएर गर्नु पर्दछ । किनकी कन्डिसनरले कपालको क्यूटिकल लक गर्ने भएको हुदाँ तेल भित्र पस्न पाउँदैन र यसरी तेल मसाज गर्दा कुनै पनि समस्या समाधान हुन सक्दैन ।

१, कपालको समस्या हेरेर सहि तेल छनौट गर्नु पर्दछ ।
२, कपाल धेरै झरेको छ भने जैतुनको तेलमा पुजा गर्ने कपुर एक पिस धुलो हुनेगरी मिसाउने र उक्त तेलले सफा कपालमा मसाज गर्दा कपाल झर्ने चिलाउने समस्या समाधान हुन्छ।
३, तेल मसाज गर्दा जाडो मौसममा दुई घण्टा राख्ने र स्याम्पु, कन्डिसनर गर्ने ।
४, गर्मी मौसममा राति तेल मसाज गर्ने र विहान स्याम्पु, कन्डिसनर गर्ने
५, कपाललाई राम्रो र चम्किलो पार्न कुनै पनि समस्यावाट बच्न कपाललाई सधै नबाध्ने दिनको तिन घण्टा खुल्ला छाड्ने गरेमा कपालमा आउने समस्याबाट छुटकरा पाउन सकिन्छ ।

प्रतिक्रिया