कपाल झरेर हैरान हुनुहुन्छ ? खानुहोस यी १७ खानेकुरा

रिता घिसिंग

एजेन्सी : कपाल झर्ने समस्या अधिकांश मानिसको जल्दोबल्दो समस्या हो । महिला भन्दा पुरुष यो समस्याबाट पीडित छन् । प्राय अवस्थामाकपाल झर्ने समस्या कुनै रोग बा बाह्य तत्वसँग सम्बन्धित छैन । कपाल बढ्न छा्ड्नु र कपाल भाँचिनु कपाल झर्नुका मुख्य लक्षण हुन् ।

कपाल झर्नबाट बचाउन अध्ययनहरुले कपाल सुहाउदो स्याम्पु, कपालको सफाई र पूर्ण पोषणमा जोड दिएका छन् । शरिरका अन्य अंगको वृद्धि तथा विकासको लागि पोषक तत्व जरुरी भए झै कपालका लागि पनि पोषक जरुरी हुन्छ ।

कपाल झर्नबाट रोक्न कस्तो खानेकुरा खाने ?
ओमेगा ३ फ्याटी एसिडयुक्त खानेकुराले कपाल झर्नबाट रोक्छ । बदाम, टुना र साल्मोनमा यस्तो भिटामिन पाइन्छ । यी खानेकुरामा हुने पोषणले तपाईको कपाल झर्नबाट रोकिन्छ र निरन्तर बृद्धि हुन्छ । यसले कपालालाई बढी इलाष्टिक बनाउने र टुट्नबाट बचाउछ

जिंकयुक्त खानेकुराः
चना, ओस्टर्स र बिफमा प्रशस्त जिंक पाइन्छ जसले कपालको तन्तुलाई बृद्धि गरि गुमेको कपाल पलाउन सहयोग गर्छ । जिंकले तपाईको टाउको र कपाल स्वास्थ्य बनाउछ । जिंकले कपाल बृद्धिका लागि आवशयक हर्मनको नियन्त्रण गर्छ ।

प्रोटिनः
प्रोटिन कपालको लागि प्राथमिक पोषक तत्व हो । प्रर्याप्त प्रोटिन खाएमा तपाईलाई तालु खुइलिनबाट बचाउनुका साथै कपाल फुल्नबाट समेत जोगाउँछ ।

आइरनयुक्त खानेकुराः
गाँढा हरियो पात, अन्डा र गेडागुडी आइरनका स्रोत हुन । आइरनले कपाललाई अक्सिजन प्रबाह गरिदिन्छ । कपालले प्रर्याप्त अक्सिजन पाएमा चाँडो कपाल बृद्धि हुन्छ ।

भिटामिन ए र सीः
भिटामिन ए र सी कपालका लागि प्राकृतिक हेयर कन्डिसनर नै हुन् । प्रर्याप्त मात्रामा यो भिटामिन खाएमा कपाल झर्न र टुट्नबाट बचाउछ । फर्सीको बिया, ब्रोकाउली र स्पिनिचमा यो भिटामिन पाइन्छ ।

म्याग्नेसियमः
हाम्रो शरिरले कपालको बृद्धि गर्न लगायत अन्य विविध उदेश्यका लागि म्याग्नेसियको उपयोग गर्छ । म्याग्नेसियमको कमिले महिला र पुरुष दुबैमा कपाल झर्छ । आल्मोन्ड, ब्राउन राइस र काजुमा म्याग्नेसियम पाइन्छ ।

 

प्रतिक्रिया