‘कमेडी किङ’ ब्रह्मानन्दम अस्पतालमा भर्ना…

मनिषा थापा

एजेन्सी : चर्चित कमेडियन ब्रह्मानन्दम अस्पताल भर्ना भएका छन् । भारतीय मिडियाका अनुसार साउथ इन्डियन फिल्म क्षेत्रका अत्यन्तै चर्चित कमेडियन ब्रह्मानन्दम मुटुको समस्यामाका कारण अस्पताल भर्ना भएका हुन् ।

६२ वर्षीय ब्रह्मानन्दमलाइ मुटुमा समस्या आएपछि मुम्बईस्थित अस्पतालमा भर्ना गरिएको हो ।

भारतीय मिडियाका अनुसार कमेडियन ब्रह्मानन्दमको मुटुको सर्जरीसमेत भएको बताईएको छ । साउथ फिल्म क्षेत्रमा हिट–हिट कमेडी फिल्म दिएका ब्रह्मानन्दमलाइ कमेडी किंग पनि भनिन्छ।

१ हजार भन्दा बढी फिल्ममा अभिनय गरेर उनले गिनीज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् ।उनले फिल्म गरेको १ करोड लिन्छन् । उनी २४ घण्टामा करीब ५ लाख रुपयाँ कमाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू