करण जौहर गरे आफ्नो बच्चाको स्याहार सुसारबारे यस्तो खुलासा, जान्नुहोस कसरी दिन्छन आफ्नो जुम्ल्यहा सन्तानलाई आमा र बुवाको माया ?

रिता घिसिंग

एजेन्सी : अबिबाहित करण जोहर दुई सन्तानको पिता हुन्। आफ्ना बच्चाको स्याहारसुसारमा उनले केहि कुराको कमि हुन् दिएको छैन। करण जोहरले सेरोगेसीबाट अर्थात भाडाको कोखबाट करणले दुई वटा सन्तान जन्माएका हुन् । उनले आफ्ना जुम्ल्यहा सन्तानलाई न आमाको अभाव महसुष हुन दिएका छन्, न बुवाको उपस्थिती नै ।

करण अहिले उमेरले ४२ बर्ष नाघिसकेका छन् । कुनैबेला उनको र एकता कपूरको अफेयर रहेको चर्चा हुन्थ्यो । तर, करणले न एकतासँग विवाह गरे, न अरु कुनै युवतीसँग । उनले विवाह नगर्दै छोराछोरी जन्माए, जूही र यश ।

गुपचुप रुपमा दुई सन्तानका बुवा बनेका करणलाई त्यसपछि भने बधाईको ओइरो लागेको थियो । नवजात शिशुलाई घरमा लगेपछि गौरी खान अर्थात शाहरुखकी पत्नीले इन्टेयिर डिजाइन गरिदिएकी थिइन् ।

अहिले करण करियरसँगै आफ्ना बच्चासँग समय साटिरहेका छन् । दुई बच्चालाई हुर्काइरहँदा उनले के कस्ता अनुभवहरु गरे होलान् ? यो कुरा त्यती बाहिर आएको छैन । यसै क्रममा सलमान भाई अरबाज खानको च्याट शोमा करणले आफ्ना बच्चाहरुको कुरा गरेका छन् ।

शोमा अरबाज खानले केही कमेन्ट पढे,जो करण जोहरसँग जोडिएको थियो, त्यसमा केही प्रश्न थिए । करणले ति सबैको जवाफ दिए । यस्तै एक जनाले करणलाई सोधेका थिए, ‘तपाईंले आफ्ना बच्चा यश र रुहीलाई कसरी आमाको ममता दिनुहुन्छ ?’

यदि करणले आफुलाई आमा मान्छिन् भने उनले आफ्ना बच्चाहरुलाई कसरी पिताको स्पर्श दिन्छन् ?

बच्चाको सन्दर्भमा गरिएको प्रश्नमा करणले केही चित्त दुखाएका छन् र सेरोगेसी प्रक्रियाका बारेमा केही बताउन खोजेका छन् । अतः बच्चालाई आमा र बुवा दुबैको प्रेम कसरी दिन्छु भन्ने प्रसंगमा चाहि उनले यसलाई जीवनको नयाँ चरण भनेका छन् । उनले आफ्नो बच्चालाई आमा र बुवा दुबैको प्रेम अभाव हुन नदिएको बताएका छन् । परम्परागत हिसाबले बच्चाहरु आमा र बुवा दुबैको सामिप्यमा हुर्कन्छन् । ‘तर म सिंगल प्यारेन्ट हुँ, त्यही कारण मसँग चुनौती धेरै छन् । यसको अर्थ यो चाहि होइन कि एक महिला र पुरुषको अलग-अलग भूमिका खेल्नुपर्छ । मलाई लाग्छ, यो निकै पुरानो सोंच हो । म आफ्नो बच्चालाई पुरा प्रेम दिन्छु ।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू