करिब एक करोड लागतमा निर्माण भएको शिशैशिशाको संसारकै अनौठो घर नेपालमै [हर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर : नेपालकै नमुना रहने वोत्तलको घर आकर्षक शैलीमा झापाको दमकमा बनेको छ। नेपालमै पहिलो पटक बन्न लागेको यस्तो घर नेपाली नागरिकले मलेसियामा र थाईल्याण्डमा सिकेको कलाको परिणाम हो ।

यो घर करिब एक तल्लाको छ। यो घर बनाउनका लागी उनले बियर, भोड्का, डियु र स्प्राइट गरी ४० हजार बोत्तलहरुको प्रयोग गरिएको छ । बोत्तललाई आधा आधा बनाइएर मर्ज गरिएको छ। करिब एक करोड लागतमा यो घर निर्माण भएको हो। शो बोतलको हाउस रेष्टुरेन्ट एण्ड बार संचालनका लागि सो घर निर्माण गरिएको हो। यो घर निकै नै बलियो हुने यस बार एण्ड रेस्टुरेन्टका संचालक विज्ञान लिम्बुको दावी छ।

अब चाडै नै अर्को ब्रान्च खोल्ने लिम्बु बताउँछन। लिम्बुका दाजुभाई मिलेर उक्त घर निर्माण भएको हो। विज्ञानका भाईले मलेशियामा गएको बेलामा त्यही सिकेर यहाँ बनाएका हुन्। अन्य देशमा बोत्तलबाट बनेका घरहरु प्रशस्तै मात्रामा रहेपनी नेपालमा भने यो पहिलो हुनेछ । जुन घरको जग र पिल्लर देखि घरका सबै भित्तामा विभिन्न प्रकारका बोतलहरु प्रयोग गरिएको छ।

यस रेस्टुरेन्ट एण्ड बार हेर्नको लागि भनेर दिनहु मानिसहरु आउने गरेका छन्। सबैले घरका बिषयमा बिशेष चासो दिने गरेको लिम्बुले बताए । आठ ईन्चे वाल भएको घरमा बोत्तलको पिधको भाग चार ईन्च एका तिरको भागमा र अर्काे तिर चार ईन्च प्रयोग गरिएको छ । दुबै काटिएका बोत्तललाई धोई पखाली गरेर डगटेपले टाँसेर बनाइएको उनले बताए ।

बोत्तलको पिधको भाग अत्यन्तै बलियो हुनाले भित्तामा प्रयोग गरिएको लिम्बुको भनाई छ । उनी भन्छन, ‘विदेश जानुहोस केहि समय बस्नुहोस तर नेपाल मै फर्कनुहोस नेपालमा गरौ भन्ने अठोट राख्यो भनि सम्भब नहुने केहि छैन।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू