करेन्ट लगाएर माछा मार्ने दुई पक्राउ

राष्ट्रिय समाचार समिति

चितवन, १४ साउन : `पूर्वी चितवनको खगेरी खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० का १८ वर्षीय विक्रम तामाङ र २६ वर्षीय सहिल विक रहेका छन् ।

उनीहरुलाई रत्ननगर–११ खगेरी खोलामा बिजुलीको नाङ्गो तारमा हुकिङ गरेर माछा मारिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरुको साथबाट हुकिङ गरेको तारसमेत बरामद गरिएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय टाँडीमा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानाएको छ ।

प्रतिक्रिया