रेष्टुरेण्टसँग करोडौं असुल्न ग्राहकले हाले आफ्नै खानामा मरेको मुसा

रिता घिसिंग

एजेन्सी : चीनमा एक व्यक्तिले करोडपति बन्नको लागि निकै अनौठो तरिका अपनाएको खुलेको छ । उनी आफ्नी पत्नीसँग एक नामी रेष्टुरेण्टमा डिनरको लागि गएका थिए । यहाँ उनले खानामा मरेको मुसा भेटिएको भन्दै हंगामा मच्चाए । हंगामा बढेपछि रेष्टुरेण्टले उनलाई निःशुल्क खाना र २० हजार युआन (३ लाख ३० हजार नेपाली रुपैयाँ) क्षतिपूर्ति दिने प्रस्ताव गर्यो । तर उनले अस्वीकार गर्दै ५० लाख युआन (८ करोड २७ लाख नेपाली रुपैयाँ) माग गर्न थाले । विवाद बढेपछि मामिला पुलिससम्म पुग्यो । पुलिसले घटनाको अनुसन्धान गरेपनि भने पूरै कहानी उल्टियो । अनुसन्धानमा थाहा भयो कि रेष्टुरेण्टसँग करोडौं असुल्नको लागि उनी आफैंले पूरै षड्यन्त्र गरेको खुलेको छ ।

शांघाइस्टको रिपोर्टमा उल्लेख भएअनुसार घटना गएको नोभेम्बरमा बेइजिङमा भएको थियो । गुओ नामका ती व्यक्ति आफ्नी पत्नीसँग चीनको चर्चित फुड चेन हेदिलाओ गएका थिए । दुवैले खाना अर्डर गरे । खाना टेबलमा आएको करिब २० मिनेटपछि गुओले खानामा मरेको मुसा भएको बताए । गुओले यो कुरालाई लिएर रेष्टुरेण्टमा हंगामा मच्चाए । रेष्टुरेण्टले उनलाई निःशुल्क खाना र २० हजार युआन क्षतिपूर्ति दिने प्रस्ताव गर्यो तर उनले मानेनन् । उनले ५० लाख युआनभन्दा कम क्षतिपूर्ति नलिने अडान राखे । दुईबीच सहमति नभएपछि यो विषय पुलिसमा पुग्यो ।

पुलिसले अनुसन्धान गर्दै जाँदा अर्कै खुलासा भयो । पुलिसको अनुसन्धानमा खुल्यो कि जुन ग्राहकले खानामा मुसा भेटिएको भनेका थिए दोषी उनी नै थिए । पुलिसले उनलाई पक्राउ गर्यो र मुद्दा अदालत पुग्यो । गएको मंगलबार यस मुद्दामा सुनुवाइ भयो जहाँ गुओले आफ्नो अपराध स्वीकार गरेका छन् । गुओका अनुसार उनले बाटोमा मरेको मुसा भेटेका थिए जसलाई उनले आफूसँग राखेका थिए । उनले यो मुसाको माध्यमबाट रेष्टुरेण्टलाई ब्ल्याकमेल गर्ने योजना बनाएका थिए । गुओमा अनुसार उनले खानामा आफैं मुसा हालेका थिए । उनले सित्तैमा खाना खाने लोभमा मात्र यस्तो गरेका थिए तर रेष्टुरेण्टले उनलाई निःशुल्क खानासँगै पैसा क्षतिपूर्ति दिने प्रस्ताव गरेपछि उनको लोभ बढेको थियो ।

प्रतिक्रिया