कर्णाली नदीमा बालक बेपत्ता

admin

डोटी, ५ वैशाख : बडीकेदार गाउँपालिकाका एक बालक कर्णाली नदीमा बगेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता धामीका अनुसार बडीकेदार गाउँपालिका वडा नं ३ ओखलढुङ्गाका १३ वर्षीय हर्कबहादुर थापामगर डोटी र सुर्खेतको सीमाक्षेत्रमा पर्ने कर्णाली नदीमा बगेर बेपत्ता भएका हुन् ।

उनी बुधबार बेलुका मामाघरमा भेटघाटका लागि जानेक्रममा कर्णाली नदीमा बगेर बेपत्ता भएको र उनको खोजी कार्यका लागि प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

स्थानीय मेलघाडी आधारभूत विद्यालयमा अध्ययरत बालक बिदाको समयमा भेटघाटका लागि अन्य तीन जना साथीसँगै मामाघरमा जाने क्रममा बगेर बेपत्ता भएको हर्कबहादुरका दाजु प्रकाश थापामगरले बताउनुभयो । अन्य बालक फर्केर घर आएपछि मात्रै हर्कबहादुर बगेर बेपत्ता भएको खबर खेलेको हो ।
-रासस

प्रतिक्रिया