कर्णाली प्रदेशकै प्रथम वडाध्यक्ष गोल्डकप शुरु

admin

कालीकोट, ९ कात्तिक: आगामी माघमा हुने आठाँै राष्ट्रपति खेलकूद प्रतियोगिातका लागि खेलाडी छनोट गर्न कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–५ मा प्रथम वडाध्यक्ष गोल्डकप प्रतियोगिता शुरु भएको छ । ‘राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद’ भन्ने नाराका साथ वडाध्यक्ष नरेशबहादुर बमको अगुवाईमा गोल्डकपको आयोजना गरिएको हो । यो कर्णाली प्रदेशकै प्रथम वडाध्यक्ष गोल्डकप प्रतियोगिता हुन पुगेको छ ।

भलिबल खेललाई प्राथमिकता दिइएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष ऐनबहादुर शाहीले गर्नुभयो ।  प्रतियोगितामा कालिकोटका नौ स्थानीय तहका नौ समूहले प्रतिस्पर्धा गर्नेछन् । खाँडाचक्र नगरपालिका र पलाता गाउँपालिका बीचको पहिलो खेलमा खाँडाचक्रले जितेको छ । प्रतियोगितामा प्रथमलाई रु ५० हजार नगद र पदक, द्वितीयलाई रु ३० हजार नगद र पदक, तृतीयलाई रु २० हजार नगद र पदक पुरस्कार दिइनेछ ।
-रासस

प्रतिक्रिया