कर्तव्य ज्यान र लागुऔषध मुद्दाका दुई कारगारमा

admin

ताप्लेजुङ, ११ फागुन : ताप्लेजुङमा कर्तव्य ज्यान र लागुऔषध मुद्दाका दुई प्रतिवादीलाई कारागार चलान गरिएको छ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका ताप्लेजुङको मिक्वाखोलास्थित साँवाका वर्ष २७ वर्षीय चतुरमान साँवा लिम्बू र लागुऔषध खैरो हिरोइन मुद्दामा पक्राउ परेका इलामको सूर्योदय नगरपालिका–७ घर भई फुङलिङ नगरपालिकामा डेरा बस्दै आएका सहदेव राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

चतुरमानले झापाको गौरीगञ्ज घर भई ताप्लेजुङ सदरमुकाममा होटल व्यवसाय गर्दै आएका ३५ वर्षीय दिलकुमार राई, निजकै चार महीनाकी गर्भवती श्रीमती २८ वर्षीषा शान्ता राईलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । घाइते श्रीमान, श्रीमती र गर्भमा रहेको चार महीनाको बच्चाको समेत ज्यान गएपछि कर्तव्य ज्यान मुद्दामा उनी पक्राउ परेका थिए ।

यस्तै सहदेव राई भने २.३ मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेका थिए । उनीहरु दुवैमाथि प्रहरीद्वारा अनुसन्धान कार्य पूरा भएकोमा जिल्ला अदालत ताप्लेजुङले पुर्पक्षका लागि कारागार चलानका लागि आदेश गरेको हो ।
-रासस

प्रतिक्रिया