कलेज कथा ‘फाइभ स्टोरी’ वेभ सिरिज शिघ्र प्रसारण हुँदै

मनिषा थापा

फुर्सदको साथी अनलाईन टिभीले छिटै ‘फाइभ स्टोरी’ नामक वेभ टेलीसिरिज प्रसारण गर्ने भएको छ । कलेज जीबनको कथा बस्तु समेटेर तयार पारिएको सिरिजलाई युट्युव मार्फत प्रसारण गर्न लागिएको हो ।

चाँडै नै प्रसारणको तयारी भइरहेको सिरिजको आइतबार पोस्टरसमेत सार्वजनिक गरिएको छ । पोस्टरको डिजाइन भने प्रकाश पुरीले गरेका छन् ।

सागर जोशीको निर्देशन रहेको उक्त सिरिजको यति बेला धमाधम निर्माण कार्य भइरहेको छ । ‘फाइभ स्टोरी’मा सुरज अधिकारी, राजेन्द्र रावल, मुना कार्की, सौरभ ढाकाल र स्मृती न्यौपानेको मुख्य भूमिका रहेको छ । सिरिजमा राज खड्काको संगित, मोहन प्रसाद पन्तको शब्द छ भने कार्यकारी निर्माता सनम निरौला रहेका छन् ।

प्रतिक्रिया