कविता : ‘न्यायको खोजी’ [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

म निदाएको बेला स…पना देखदिन
किनकि मस्तिष्कका सब पाना पोतिएको छ रातो रगतले
हो रातो रगतले
जो उनको कमलो शरीरबाट कसैले निचोर्यो त्यो रात

म ब्युँझेको बेला केहि सुन्न सक्दिन
किनकि सुनले सजिने कानका भित्ता भितामा
गुन्जिदै छ अझै ति चित्कारहरु
जो त्यो कालो ,अँध्यारो रातले आफुभित्र समाएर राख्यो


नयाँ आयाम खोज्ने मेरा नयनहरु केहि हेर्न सकिराख्या छैन
किनकि आँखा खोल्ने बितिक्कै आउछ
उनको तस्बिर ,पानी बनेर
अनि छ्ताछुल्ल पोखिन खोज छ
तर अह सकिन्न

भुपी, तिमी गलत ठहरेछौ
नत्र किन यतिका मिर्मिरे ताराहरु
मरेर गए पनि नेपालले नयाँ बिहानी पाउन सकेन
किन दुई चार हैन ,
हजारौं सपुत मरेर गएपनी
नेपाल नयाँ मू….लुक बन्न सकेन
किनकी मुख लुकाउनु पर्नेहरु त छाती चौडा पारेर हिड्दै छन
र न्याय माग्नेहरु छातीमा फलामको बिउ रोपेर ढल्दै छ

हे ,न्याय माग्नेहरु
भ्रमको जगबाट बाहिर निस्क
यो प्रजातन्त्र होइन
यो सतातन्त्र हो
यहा न्यायको घोडा लङ्डो भइसकेको छ
र त अन्यायको घडा भरिनै लागेको छ

आमा
म खुसी थिए
तिम्रो काँखमा जन्मिदै छु भनेर
तिम्रो वक्ष्स्थलसँग लडिबुडी खेल्दै हुर्कन्छु भनेर
तर आज म दुखी छु

म देख्दै छु शि….शिरमा पनि न कठङ्गृने
चन्द्र र सूर्यको पनि शिर कठङ्गृएको छ आज
झुक्दै न झुक्ने सगरमाथाको पनि शिर झुकेको छ आज

बुद्धका आँखाहरुमा पनि त हेर
मौनताको कालो बादल चिरेर बर्सिदै छ
र झरेको थोपा थोपाले सोध्दै छ
यो अन्याय कहिले सम्म
यो अशान्ती कहिलेसम्म

सिताले सोध्दैछिन
अन्यायका कति रेखाहरु पार गर्नुपर्छ अझ
छोरी भएर तिम्रो काँखमा कोइ जन्मिन्छ जब

देउ न जवाफ
किन मौन छौ?
किन निरिह छौ?

यो लाचारिता कहिले सम्म ?
यो दण्डहिनता कहिले सम्म?

आँखाको पट्टी खोल!
आँखाको पट्टी खोल!!
तिम्रो तराजुको सन्तुलन बिग्रीदै छ आमा
तिमीलाई हाँक्ने तिम्रै सारथीले कुल्चिदै छ आमा

हेर त रुँदा रुँदै कतिका आँखाका आँशु सुकिसके छ आज
तिम्रो मौनता अगाडी मानबता पनि झुकिसके छ आज
केहि त गर !

हे रास्ट्रपिता
न्याय नपाए गोर्खा जानु भन्थ्यो
अब भन न,म कहाँ जाउ?
मलाई पिडाको पहाड उक्लेरै भएपनी
त्यो परको नगरी पुग्ने मन छ
म हिड्दा हिड्दै लडिसके पनि
बिसङतिसँग अझ लड्ने मन छ

बिरहरुको रगतले रङिएको
प्राकृतिक क्षटाले भरिएको
पृथ्वीको स्वर्ग कहलिएको
भु-म्धिय धरातलमा उभेको
ए मेरो देश
म यौ…नि का कारण
गर्भमै तुहिए भने त केहि छैन
तर यौटा निरिह भएर,
तिम्रै आँखा अगाडि लुटेर मारिए भने
मलाई न्याय दिन्छौ नि ???

– महेश साह
नोबेल मेडिकल कलेज
बिराटनगर , ९८१९०८४७५९

प्रतिक्रिया